नेपालको ऐन र कानूनले कुनै पनि व्यवसायलाई सिण्डिकेट गर्न दिदैन : श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगारी तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले नेपालको ऐन र कानूनले कुनैपनि व्यवसायलाई सिण्डिकेट गर्न नदिने भन्दै मलेसियामा सिण्डिकेट भन्ने कुरा गलत रहेको बताएका छन् ।
आइतबार आन्तरिक रोजगार प्रवद्र्धन तथा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको पुनःएकीकरण सम्बन्धी सरोकारवालासँगको छलफल तथा कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले मन्त्रालयले कुनै पनि व्यवसायीलाई एकाधिकार गर्ने अधिकार नदिएको भन्दै सिण्डिकेट गर्न नमिल्ने बताएका हुन् ।


उनले सिण्डिकेटको नाममा श्रम मन्त्री र परराष्ट्रमन्त्री मिलेर खरबौ रुपैया खाएको भन्दै अफवाह फैलाएको बताए । साथै, उनले वैदेशिक रोजगारमा सुधारका काम गर्दा यथास्थितीमा फाइदा उठाउन खोज्नेहरुको चित्त नबुझेको पनि बताए ।
‘हामी धेरै कुरामा सुधार गरिरहेका छौ तर यथास्थितीमा फाइदा उठाउने तत्वहरुलाई चित्त बुझिरहेको छैन । उनीहरु नना थरी कुरा गर्दै हिडिरहेका छन् । मलेसियामा सिण्डिकेट गरिएको छ, श्रममन्त्री र परराष्ट्रमन्त्री मिलेर खरबौ रुपैया खाएका छन् भनेर लेखिरहेको छ । म चोकमा खण्डन गर्दिन । नेपाल र मलेसियाको बिचमा नियमावली सम्झौता नविकरण हुन बाकी छ । दुई पक्षिय सम्झौताको बीच कारोबार हुन्छ । हामी मलेसियाको डेलिगेसन कुरेर बसिरहेका छौ ।’उनले भने ।

Spread the love