विद्युतीय सवारी साधनको कर यथावत

काठमाडौँ । सरकारले विद्युतीय सवारी साधन (इभी)मा कर यथावत् राखेको छ । अर्थमन्त्री विष्णु पौडेलले संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को अनुमानित आयव्यय विवरण (बजेट) प्रस्तुत गर्दै विद्युतीय सवारी साधनमा कर यथावत् रहेको बताएका छन् । आन्तरिक विद्युत खपत बढाउन सहयोग पुग्ने र वातावरणीय प्रदूषण कमहुने भएकोले (इभी)लाई प्रोत्साहित गर्न कर यथावत राखिएको अर्थमन्त्री पौडेलले बताए। वजेटमा (इभी)को चार्जिङ् स्टेशन र पार्टपूर्जा आयातमा १ प्रतिशत मात्र कर लगाउने प्रस्ताव गरिएको छ । चार्जिङ् स्टेशन स्थापनाका लागि ५ वर्षसम्म आयकर छुट गरिएको छ ।
सरकारले इभीका कर बढाउन सक्ने आशंकामा व्यवसायीले आयात परिमाण बढाएका थिए । बजेट घोषणा हुनुकेही अघिदेखि नै भन्सारमा ईभी छुटाउने भिड लागेको थियो ।

Spread the love