आइतबार नेपालमा थप २ सय ४६ जनामा कोरोना पोजेटिभ

कोरोना भाइरस (कोभिड—१९) बाट वीरगञ्जमा थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका—१६ का ६८ वर्षिया वृद्धाको साउन १७ गते कोरोनाबाट मृत्यु भएको हो । ज्वरो र खोकीको समस्या देखिएपछि साउन १४ गते उनी नारायणी बयोधा अस्पतालको आइसियुमा भर्ना भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि १७ गते नारायणी कोभिड अस्पताल रिफर गरिएकोमा बाटोमै मृत्यु भएको हो । मधुमेह र उच्च रक्तचापको ति वृद्धामा १६ गते कोरोना पोजेटिभ देखिएको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेका संख्या ५७ पुगेको छ ।

आइतबार नेपालमा थप २ सय ४६ जनामा कोरोना पोजेटिभ देखिएको छ । काठमाडौं उपत्यकामा मात्रै ३१ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ । जसमा १४ हजार ६ सय ३ जना डिस्चार्ज भएका छन् । आइतबार मात्रै १ सय ११ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ मा ८ सय ५८, प्रदेश नम्बर २ मा ३ हजार १ सय ६४, बागमती प्रदेशमा ५ सय ३४ र गण्डकी प्रदेशमा १ हजार ३ सय ६ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ७३, कर्णाली प्रदेशमा १ हजार ७ सय २२ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ४६ जना डिस्चार्ज भएका छन् ।

अहिले विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ६ सय ७२ जना संक्रमित उपचाररत रहेका छन् । प्रदेश नम्बर १ मा २ सय ५१, प्रदेश नम्बर २ मा २ हजार १ सय ७५, बागमती प्रदेशमा ६ सय ६ र गण्डकी प्रदेशमा २ सय ८७ जना उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ सय ९६, कर्णाली प्रदेशमा २ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ६४ जना संक्रमित उपचाररत रहेको प्रवक्ता डा. गौतमले बताउनुभयो ।

आइतबार पीसीआर विधिबाट ८ हजार ८ सय ६१ वटा परीक्षण भएको छ । आजसम्म पीसीआर विधिबाट ३ लाख ९१ हजार २ सय ७० जनाको कोरोना परीक्षण भएको छ । देशभरीका क्वारेन्टिनमा क्वारेन्टिनमा १० हजार ९ सय ३४ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार २ सय ५, प्रदेश नम्बर २ मा १ हजार ४ सय ९४, बागमती प्रदेशमा ७ सय ६९ र गण्डकी प्रदेशमा २ हजार ८ सय ६० जना रहेको छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ४ सय २२, कर्णाली प्रदेशमा ४ सय ६८ र सुदूरपश्चिम प्रदेशमा २ हजार ७ सय १६ जना क्वारेन्टिनमा रहेका छन् ।

मन्त्रालयले कोरोना महामारी फैलिएको पर्साको वीरगञ्जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाइएको उहाँले बतायनुभयो । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो ।
आरडिटी विधिबाट कोरोना परीक्षण नगर्न आग्रह गरेको छ । प्रवक्ता डा. गौतमले आरडिटी परीक्षण नगर्न प्रदेश, स्थानीय तह र अस्पतालहरुलाई आग्रह गर्नुभयो । यस्तै आकस्मिक सेवा सहित अन्य सेवा प्रभावित भएका अस्पतालहरुमा उचित व्यवस्थापन गरी उपचारको व्यवस्था मिलायन पनिउहाँले आग्रह गर्नुभयो ।
प्रवक्ता डा. गौतमले ६० वर्ष माथिका जेष्ठ नागरिक र १२ वर्षमुनिका बालबालिकालाई घर बाहिर ननिस्किन आग्रह गर्नुभयो ।

Spread the love