बतास अर्गनाइजेसन र क्वेस्ट इन्टरनेशनल कलेज बिच सहकार्य गर्ने सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर

क्वेस्ट इन्टरनेशनल कलेज र बतास अर्गनाइजेसन बिच उद्योग तथा व्यवसायलाई चाहिने मानव स्रोत निर्माण गर्ने उद्देश्यलाई टेवा पुराउन सहकार्य गर्ने सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । क्वेस्टका तर्फबाट कलेजका अध्यक्ष्ँ कोलिन किरण श्रेष्ठ र बतासको तर्फबाट बतास अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत तथा संस्थापक शान्तराज बतासले समझदारी पत्रमा हस्ताक्ष्ँर गरेका छन् ।

बतास अर्गनाइजेसनले आफ्ना कर्मचारीको व्यवस्थापन तथा कार्यक्षमता तथा उत्पे्ररणा अभिवृद्धि गर्दै व्यवसायिक तथा व्यक्तिगत लक्ष्य अभिवृद्धि गर्ने अवसर प्रदान गर्ने तथा क्वेस्टले अनुसन्धान , डिग्री तथा तालिम कार्यक्रम मार्फत सो उद्धेश्यमा योगदान पुराउने मुल उद्धेश्य रहेको जनाएको छ । बतास अर्गनाइजेसनले क्वेस्टका विद्यार्थीलाई इन्टर्नशिपको मौका पनि दिदै आएको छ । समझदारी मार्फत बतास अर्गनाइजेसनका कर्मचारीले क्वेस्टको कुनै पनि डिग्री कार्यक्रम तथा तालिममा सहभागी हुदा विशेष शुविधा तथा अध्ययन शुल्कमा भारी छुट दिने व्यवस्था गरिएको छ ।

Comment here