काठमाडौं । चीन अटो चोङछिङ सम्मेलन २०२५ ले नेपालको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारलाई प्रवद्र्धन गर्न थप मद्दत पुग्ने नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले जनाएको छ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले चीनको चोङछिङ्मा आयोजित चीन अटो चोङछिङ सम्मेलन २०२५(जुन ६–७)मा सहभागि भएको सन्दर्भमा नेपालको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारलाई प्रवद्र्धन गर्न थप मद्दत पुग्ने जनाएको हो । उक्त सम्मेलनमा नाडाका अध्यक्ष करण चौधरी, महासचिव सुरेन्द»कुमार उपे्रती, यमुना श्रेष्ठ अनुप कुमार बराल तथा नारायण प्रसाद पौडेल समेतको सहभागिता रहेको थियो ।

उक्त सम्मेलनमा परिवर्तनको चरणमा उद्योगको भविष्य निर्माण भन्ने मुख्य विषय वस्तुमा नया ऊर्जा र स्मार्ट प्रविधिको संक्रमणबारे विश्वव्यापी छलफल गरेको नाडाले जनाएको छ । सम्मेलनमा नाडाका अध्यक्ष करण चौधरीले नेपालको अटोमोबाइल क्षेत्र, व्यापारिक सम्भावना र क्षेत्रीय सहकार्यका अवसरहरुबारे धारणा राखेका थिए । सम्मेलनमा चीन–आसियान ईभी सहयोग, जसमा दिगो यातायात र विद्युतीय सवारी प्रवद्र्धनबारे समेत छलफल भएको नाडाले जनाएको छ ।
