नेपाल उद्योग परिसंघद्धारा ९ सदस्यीय ऊर्जा विकास परिषद पुनर्गठन

नेपाल उद्योग परिसंघले ऊर्जा विकास परिषद पुनर्गठन गरेको छ । नौ सदस्यीय ऊर्जा विकास परिषद को संयोजकमा ज्ञानेन्द्रलाल प्रधान छन ्। सदस्यमा परिसंघमा आबद्ध सम्बन्धित क्षेत्रका सदस्य र विज्ञहरु छन् । नेपालउद्योग परिसंघले समग्र ऊर्जा क्षेत्रको विकास र विस्तारको लगानी नितिगत व्यवस्थामा सुधार गर्दै सरकार सग सहकार्य गर्नको लागि परिसंघ भित्र ऊर्जा विकास परिषद्को पुनरगठन गरिएको विज्ञप्तीमा उल्लेख गरेको छ ।
सरकारले सार्वजनिक निजी साझेदारी मार्फत ऊर्जा क्षेत्रको विकासमा उल्लेख्य वृद्धि गर्नसक्ने सम्भावना रहेकोले सरकारसग नीतिगत छलफलको माध्यमबाट ऊर्जालाई नाफामूलक वस्तुको रुपमा यस परिषदमार्फत अगाडी बढाउने योजना परिसंघको रहेको जनाएको छ ।
यस परिषद्ले “एकप्रदेशः राष्ट्रिय गौरवको एक विद्युत परियोजना”को अवधारणालाई अघि बढाउने जनाएको छ । जसमा विश्व बैक, आई एफ् सी, एडीबी, एआईआईबी जस्ता संस्थाहरुको बहुपक्षिय लगानी जुटाउने समेत रणनीति नेपाल उद्योग परिसंघको रहेको जनाएको छ ।

Spread the love