सुन तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ पुग्यो

सुनको मूल्यमा बिहीबार पुनः नया रेकर्ड कायम भएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँले बढेर सुनको भाउ १ लाख २ हजार ५ सय रुपैया पुगेको छ । चादिको मुल्यले पनि उच्च विन्दुमा पुगेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा ५० रुपैयाँले वृद्धि भएर प्रतितोता मूल्य १३ सय ४५ रुपैया कायम भएको छ ।
३ महिना अघि मात्रै प्रतितोला ७१ हजार रुपैयामा कारोबार भईरहेको सुनको मूल्य बिहिबार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाको उचाइमा पुगेको छ । नेपाल सरकारले चालु आर्थिक बर्षको बजेटमा सुन आयात गर्दा लाग्ने भन्सारमा वृद्धि गरेपछि पनि सुनको मूल्यमा अझै केही असर परेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी कोरोना भाइरसको महामारी फैलिएसँगै लगानीकर्ताहरुले सुरक्षित लगानीका लागि सुन रोजेका कारण सुनको मूल्य दिनप्रतिदिन नया उचाईमा पुग्न थालेको व्यवसायीहरु बताउछन् । यसरी दिनहु मूल्य बढिरहदा बजारमा सुन किन्नेको संख्यामा ठुलो गिरावट आएको समेत व्यवसायीहरु बताउछन ।

Spread the love

Comment here