नेपाली नागरिकलाई इजरायल पठाएको विरुद्धमा शान्ति समाज धर्नामा

काठमाडौं ।युद्धको वातावरणमा पनि नेपाली नागरिकहरुलाई इजरायल पठाएको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाज नेपालले बुधबार इजरायली दूतावास अगाडि धर्ना दिएको छ ।
सरकारले नेपाली नागरिलाई द्घन्दग्रस्त मुलुक इजरायल पठाउने काम नरोक्नु अपराध भएको भन्दै धर्नामा उत्रिएको शान्ति समाजले जनाएको छ । सोही क्रममा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले नेपाली नागरिलाई इजरायल पठाउने कामरोक्नु पर्ने बताए । उनका अनुसार युद्ध क्षेत्रमा नेपालीलाई पठाउने भनेको पैसाको लागि जे पनि गर्ने कुरा जस्तो भएको बताए ।
इजरायलले पनि किन नेपालीलाई बोलाई रहेको छ र नेपालले पनि किनयस्तो अवस्थामा नेपालीलाई पठाई रहेको छ भन्ने कुरा चिन्ताको विषय भएको बताउँदै उनले इजरायलले नेपाली नागरिकलाई त्यहाँको सैन्य प्रयोजनको लागिप्रयोग गर्छ भन्ने त्रासपनि रहेको भन्दै युद्धलाई अन्त्यगनुपर्छ भनेर आफुहरु आन्दोलनमा उत्रीएको बताए।


शान्ति समाजकी सभापति रेनुका पौडेलले आफ्‌ना नागरिकहरु संसारको जुनसुकै कुनामा भएपनि संरक्षण गर्नु राज्यको दायित्व भएको भन्दै त्यसप्रति नेपाल सरकारलाई ध्यानाकर्षण गराएको बताइन् ।

Spread the love