उपत्यकाका सबै नाकालाई शील नगरेसम्म उपत्यका भित्र संक्रमण नियन्त्रणमा नआउने मेयरको भनाइ

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई शील नगरेसम्म उपत्यका भित्र संक्रमण नियन्त्रणमा नआउने बताउनुभएको छ । उपत्यकामा समुदायस्तरमा संक्रमण अझैपनि कम देखिएको र यसलाई नियन्त्रण गर्न सबै नाकामा शील गर्नुपर्ने मेयर शक्यले बताउनुभएको छ । शाक्यले उपत्यकामा समुदायमा भन्दा बाहिरी जिल्लाबाट आएका व्यक्तिमा संक्रमण देखिएकाले त्यसलाई नियन्त्रण गर्न नाकामा शील गर्नुपर्ने बताउनुभएको हो । उहाले अहिले नै शील नगर्ने हो भने संक्रमण नियन्त्रण भन्दा बाहिर जान सक्ने बताउनुभयो ।
उहाँले सरकाले लकडाउन खोलेपनि लामो दुरीका सवारीसाधन चलाउन नदिएकाले यसलाई एक किसिमको लकडाउन नै मानेर आवतजावत बन्द गर्नुपर्ने बतनाउनु भएको छ । एक जिल्लाबाट अर्को जिल्लामा जान निषेध गर्नुभनेको संक्रमण फैलन नदिनु भएकाले त्यसमा ध्यान दिन आग्रह गर्नुभयो । उपत्यकामा अहिले पनि समुदायस्तरमा धेरै संक्रमण नदेखिएकाले यसलाई अहिले नै नियन्त्रण गर्नुपर्नेमा शाक्यले जोड दिनुभयो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न मठमन्दिर, बिहार, धर्मशालाका गतिविधिहरु बन्द गराइएको तर सरकारलाई दवाव दिने नाउँमा हुने जुुलुस र नाराजिका कारण जोखिम बढेको बताउनुभयो । उहाँले सरकारको समर्थन र विरोध गर्ने गतिविधि नगर्न समेत आग्रह गर्नुभयो ।
उहाँले सरकाले पीसीआर परीक्षण गर्ने भन्दा पनि संक्रमण नै फैलन नपाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । पीसीआर परीक्षण कुनै औषधि नभएकाले यसलाई रक्षात्मक रुपमा लिनुपर्ने तर संक्रमणको रोकथामका लागि प्रतिकात्मक कदम चाल्नुपर्ने बताउनुभयो । उहाँले पीसीआर बढाउने भन्दापनि संक्रमण फैलन नदिनको लागि काम गर्नुपर्ने बताउनुभयो ।

सरकारले काम नै गर्न सकेन भन्ने आरोप लगाउने भन्दापनि सरकारले बनाएका मापदण्ड र नियमहरुलाई पालन गर्न आग्रह गर्नुभयो । मापदण्ड र नियमलाई मालना नगरे आगामी दिनमा भयावह स्थिति आउन सक्ने र स्थिति नियन्त्रण बाहिर जानसक्ने शाक्यले बताउनुभयो । नाकामा लुकिछिपि आउने र ल्याउन सहयोग गर्ने सबैलाई काराही गर्नुपर्ने उहाँले बताउनुभयो । शाक्यले मानिसहरुलाई सहजै आउन दिने र क्वारेन्टाइनमा राख्ने भन्ने कुरा सम्भव नभएको बताउनुभयो ।

संक्रमण देखिएका ठाउँलाई मात्रै शील गर्ने कुरा पनि संक्रमण रोकथामको उपयुक्त उपाय नभएको शाक्यको भनाई छ । कन्ट्याक्ट ट्रेसिङका लागि सहज बनाउन मात्र शील गर्ने भएकाले यो क्षणिक हुने उहाँले बताउनुभयो । संक्रमणलाई नियन्त्रणमा लिनको लागि नाकामा नै शील गरेर आवतजावत बन्द गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो । काठमाडौं उपत्यकाका जनप्रतिनिधिले गरेका निर्णयहरु जिल्ला प्रशासन, प्रदेश सरकार, संघीय सरकार सबैले मानेमा संक्रमणलाई नियन्त्रणमा ल्याउन सकिने शाक्यले बताउनुभयो ।

Spread the love