वैदेशिक रोजगार विभागमा ठगीको उजुरी बढ्दो

 

काठमाडौँ । वैदेशिक रोजगार विभागमा ठगीको उजुरीको बढ्दो छ । विभागका अनुसार गत श्रावणदेखि हालसम्म विभागमा व्यक्तिगत ठगीका ५,४१२ उजुरी परेका छन् । त्यसमा करोडौंको बिगो छ ।विभागका कर्मचारीहरू ठगीका ५० हजारदेखि करोडसम्मका उजुरी परेको बताउँछन् ।
श्रावणदेखि गत जेष्ठ महिनासम्म ४,९५० उजुरी परेको थियो । असार महिनामा मात्रै ४६५ वटा उजुरी परेको विभागले जनाएको छ ।असार महिनामा उजुरीको संख्या बढेर ५,४१२ पुगेको छ । यस हिसाबले विभागमा दैनिक २४ वटा उजुरी दर्ता हुने गरेको देखिन्छ ।
सरकारले सुशासन र पारदर्शिताको कुरा गरिरिहंदा ठगिका उजुरी बढ्नुले सुशासन र पारदर्शिता प्रश्न चिन्हदेखा परेको सम्बन्धित क्षेत्रका विज्ञको भनाइ छ ।

Spread the love