काठमाडौं । अर्थ समितिका सभापति सन्तोष चालिसेले साना उद्योगी र व्यापारिहरुलाई मुलुक भित्रै राख्ने खालको मौद्रिक नीति आउनुपर्ने बताएका छन् ।
बुधबार अर्थ समितिको बैठकमा भएको आ.ब. २०८२/८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयको छलफलमा उनले नेपालमा उत्पादनको अवस्था राम्रो भएपनि ९० प्रतिशत खाद्यन्न किनेर बस्नुपर्ने कुरा लाजमर्दो भएको भन्दै उद्योगधन्दा छोडेर विदेशिन थालेका व्यापारिहरुलाई देशमै राख्न सक्ने वातावरण बनाउनुपर्ने बताएका हुन्।
साथै, उनले आज नै अर्थ समितिले नेपाल राष्ट्र बैंकमा लिखित रुपमा आफ्नो सुझावहरु प्रस्तुत गर्ने कुरा पनि जानकारी गराएका छन् ।
सोही बैठकमा गभर्नर विश्व पौडेलले सबैको सुझाव आगामी मौद्रिक नीतिमा समावेश गर्ने कोशिस गर्ने भन्दै समितिबाट लिखित रुपमा सुझावहरु आउने आशा गरेको बताए ।