काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा सम्बन्धी विषयमा सार्वजनिक रुपमा अनेक अड्कलबाजी गरिएको भन्दै प्रतिनिधिसभामा स्पष्ट जानकारी दिन आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री लेखकले पछिल्लो समय स्पेन भ्रमणसँग जोडेर आएका टिप्पणीप्रति आपत्ति जनाए।
उनले स्पेन भ्रमणमा प्रधानमन्त्रीसँगै गएकामध्ये को फर्किए, को उतै बसे भन्ने विषयमा तथ्यमा आधारित जानकारी आवश्यक रहेको बताए ।
गृहमन्त्रीले संसदमा जिम्मेवार ढंगले कुरा उठाउन आग्रह गर्दै अड्कलबाजीमा आधारित सूचना सार्वजनिक नगर्न आग्रह गरे ।
भिजिट भिसा दुरुपयोग र स्पेन भ्रमण सम्बन्धी विषय संसदमा पछिल्लो समय विवादको रुपमा उठिरहेको छ।