काठमाडौं । काठमाडौं महानगरपालिकाको बजेट यही असार ३२ गते पारित गरिने भएको छ ।चालु आर्थिक वर्षको ०८१/८२ को प्रगाति समीक्षा र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, आर्थिक विधेयक–२०८२ र विनियोजन विधेयक २०८२ उपर छलफल र पारित गर्नका लागि सो बैठक आह्वान गरिएको हो ।
आइतबार बसेको १७औं नगरसभाको पहिलो बैठकमा मेयर बालेन्द्र शाह(बालेन) ले असार ३२ गते दिउँसो २ बजे बस्नेगरी बैठक आह्वान भएको जानकारी दिए ।
महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ ।