कर्णाली मुख्य मन्त्री रोजगार कार्यक्रम उत्पादन केन्द्रित बनाइँदै

 

सुर्खेत । कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री रोजगार कार्यक्रम उत्पादन केन्द्रित बनाउन लागिएको छ । पूर्वाधारलाई प्राथमिकतामा राखेर सञ्चालनहुँदै आएको यो कार्यक्रम चालु आर्थिक वर्षदेखि उत्पादनसँग जोडेर कार्यान्वयन गरिने भएको हो । चालु आर्थिक बर्षमा पूर्वाधारका कार्यक्रम कटौति गरिएको छ।
कर्णाली आर्थिक बर्ष २०७६÷०७७ देखि सुरु भएको मुख्यमन्त्री रोजगार कार्यक्रम कर्णालीका सात सय तीन वडामा सञ्चालन भएको थिए । कर्णालीका सात सय १८ वडामध्ये १५ वडामा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएको थिएन । हरेक बर्ष कर्णाली सरकारको नीति तथा कार्यक्रममा प्राथमिकतामा साथआउने उक्त कार्यक्रम पूर्वाधार बिकासमा केन्द्रित हुँदै आएको थियो ।
लागत धेरै र प्रतिफल न्यून भएकाले पूर्वाधारका कार्यक्रम कटौती गरेर उत्पादन लक्षित कार्यक्रममा कार्यान्वयन गर्ने गरी चालु आर्थिक बर्षमा योजना बनाइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका योजना, अनुगमन तथा आर्थिक पूर्वाधार शाखाका नवीन ढकालले जानकारी दिए।

 

Spread the love