काठमाडौं । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रविधिको प्रयोग गरेर कामलाई छिटो र प्रभावकारी बनाउन सकिने बताएका छन् ।
बिहीबार प्राथमिकतामा परेका आयोजनाहरुको अनलाइन कक्षको अनुगमन गर्दै उनले मन्त्रालयबाट प्राथमिकतामा परेका योजनाहरुलाई प्रविधिको प्रयोगले सहज बनाउन सकिने बताएका हुन् ।
उनले मन्त्रालयको कामहरुलाई समयमा समापन गर्न सजिलो हुने भन्दै फिल्डमा काम गर्ने र मन्त्रालयसँग समन्वय गर्न सहज हुने बताए ।
उनले भने, ‘हाम्रो मन्त्रालयबाट प्राथमिकतामा परेका योजनाहरुलाई अनुगमन गर्ने जिज्ञासाहरु कस्ता छन् कतै केही गुनासो आएको खण्डमा त्यसलाई समाधान गर्ने सवालमा मन्त्रालयसँग समन्वय गर्न सहज हुन्छ ।’