नेपाल भेन्टिलेटर सर्भिसेसद्धारा २ करोड बढीको सामग्री गरिद

सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने उद्देश्यका स्थापना भएको नेपाल भेन्टिलेटरसर्भिसेसले शनिबारसम्म २ करोड बढीको सामग्री गरिद गरेको छ । आवश्यकताका अनुसार देशभरी रहेका कोभिड अस्पतालहरुमा निःशुल्क भेन्टिलेटर उपलब्ध गराउने उद्देश्यका साथ स्थापना भएको भेन्टिलेटर बैंंकमा २ करोड भन्दा बढीका सामग्री खरिद भएका हुन । सरकारी अस्पतालमा उपचाररत सिकिस्त विरामीहरुको सेवालाई मध्यनजर गर्दै स्थापना भएको बैंकले त्रिवि शिक्षण अस्पतलामा २ वटा भेन्टिलेटरनिःशुल्क रुपमा उपलब्ध गराएको भेन्टिलेटर सर्भिसेसका सदस्य रामेश्वर खनालले बताउनुभयो ।

देशका अन्य कोभिड अस्पतालमा समेत गरी २ दर्जन बढी भेन्टिलेटर मेसिन उपलब्ध गराइएको उहाँले बताउनुभयो । सामुदायिक र नीजि अस्पतालहरुले आफ्नो आवश्यकता अनुसार माग गरेमा बजार मुल्यभन्दा एक तिहाइ कम रकममा उपलब्ध गराइने उहाँले बताउनुभयो । सरकारी अस्पताललाई निःशुल्क वितरण गरिने भएपनि नीजि तथा सामुदायिक अस्पतालमा सञ्चालन खर्च उठ्ने गरी भेन्टिलेटर दिइने उहाँले बताउनुभयो । बैंकमा अहिलेसम्म नगद र अन्य सामग्री गरी ६० लाख रुपैयाँ सहयोग प्राप्त भएको उल्लेख गर्दै उहाँले सञ्चालक सदस्यहरुबाट ५ लाख रकम जम्मा गरिएको बताउनुभयो । बाँकी रकम लक्ष्मी बैंक र नेपाल मर्चेट बैंकबाट कर्जा लिने तयारी भइरहेको पनि खनालले जानकारी दिनुभएको छ ।

आवश्यक परेको खण्डमा भेन्टिलेटर बैंकबाट भेन्टिलेटर लिन सकिने व्यवस्था रहेको उहाँले बताउनुभयो । संस्थाले ५ हजारदेखि माथिको सहयोग रकम लिने गरी नीति बनाएको छ । अन्य व्यक्ति वा संस्थाहरुले पनि आवश्यक सामग्री सहयोग गर्न सक्नेछन । भेन्टिलेटर खरिद प्रक्रियामा बैंकले कोभिड-१९ विपद व्यवस्थापन नेपाल (सिसिएमसी) सँग पनि समन्वय गरेर अगाडी बढ्ने योजना रहेको उहाँले बताउनुभयो । यस अभियानमा खनालसँगै डा. विशाल ढकाल, डा. सुवास आचार्य र दीपेन्द्र चौलागाईं रहनुभएको छ ।

Spread the love