नेपालमा कोभिड-१९ बाट थप १२ जनाको मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिला र ६ पुरुष गरी १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कोरोनाबाट काठमाडौं उपत्यकामा मात्रै ५ जना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । चितवनमा ५५ वर्षिया र १८ वर्षिया महिला, काठमाडौंमा ८९ वर्षिया, ललितपुरमा ७० वर्षिया, तनहुँमा २० र कपिलवस्तुमा ६० वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको हो । यस्तै बारामा ९७ वर्षिय, चितवन ६५ वर्षिय, भक्तपुरमा ४० वर्षिय, काठमाडौंमा ७० र ७५ वर्षिय र धादिङमा ४७ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यो सगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ ।

आज १ हजार १ सय १२ जना डिस्चार्ज भएका छन । प्रदेश नम्बर १ मा १ हजार ७ सय ८७, प्रदेश नम्बर २ मा ६ हजार ३४, बागमती प्रदेशमा १ हजार ५ सय ६९र गण्डकी प्रदेशमा १ हजार ७ सय९ जना संक्रमित मुक्त भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार ६६, कर्णाली प्रदेशमा २ हजार १ सय ३७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९ सय ८८ गरी देशभरी गरी आजसम्म २३ हजार २ सय ९० जना संक्रमण मुक्त भएका छन । क्वारेन्टिनमा ६ हजार ७ सय ६६ जना रहेका छन । मन्त्रालयले ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लामा निषेधाज्ञा र २ सय भन्दा बढी संक्रमित रहेका जिल्लामा बन्दाबन्दी गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध गरेको छ ।

Spread the love