आज थप ११ सय २० जनामा कोरोना संक्रमण देखियो

आज थप ११ सय २० जनामा कोरोना संक्रमण देखिएको छ । ३ सय २० महिला र ८ सय पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ३ सय ५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जनामा संक्रमण देखिएको छ । आजसम्म नेपालमा कोरोना संक्रमण हुनेको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ । आज देशभरी संक्रमितको संख्या १८ हजार १ सय ८ जना रहेको छ । प्रदेश नम्बर १ मा १ हजार १ सय ३८, प्रदेश नम्बर २ मा १ हजार १ सय २७, बागमती प्रदेशमा ५ हजार ६७ र गण्डकी प्रदेशमा ६ सय ३९ जना रहेका छन । प्रदेश नम्बर ५ मा १ हजार २ सय ५२, कर्णाली प्रदेशमा ३ सय ५० र सुदूरपश्चिम प्रदेशमा ९ सय २० जना गरी देशभरी संस्थागत आइसोलेसनमा १० हजार ४ सय ९३ जना रहेका छन ।

यस्तै प्रदेश नम्बर १ मा ६ सय ७६, प्रदेश नम्बर २ मा ४ हजार १ सय ३, बागमती प्रदेशमा २ हजार १ सय ७६ र गण्डकी प्रदेशमा ३८ जना होम आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ सय ७, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा १ सय ३८ जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार ६ सय १५ जना रहेका छन । आइसियुमा १ सय ४४ जना संक्रमित र भेन्टिलेटरमा १८ जना उपचाररत रहेका छन ।

Spread the love