नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ जना महिला र २ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । चितवनमा ४० वर्षिया, भक्तपुरमा ४० वर्षिया, तनहुँमा ९२ वर्षिया र रुपन्देहीमा ७७ वर्षिया महिलाको मृत्यु भएको हो । यस्तै सिन्धुपाल्चोकमा ७७ वर्षिय र रुपन्देहीमा ६५ वर्षिय पुरुषको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५७ पुगेको छ ।
आज देशभरी १ हजार २ सय २८ जनामा कोरोना संक्रमण देखिएको छ । १३ हजार ४ सय १३ पीसीआर परीक्षण गरिएकोमा महिला ३ सय ९४ र ८ सय ३४ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा ३ सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा संक्रमण देखिएको छ । यो सगै देशभरी संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ । आजसम्म ७ लाख ३१ हजार ८ सय ५२ जना पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय १३ रहेको छ । प्रदेश नम्बर १ मा ९ सय ९०, प्रदेश नम्बर २ मा ८ सय ५२, बागमती प्रदेशमा ५ हजार ७ सय ६ र गण्डकी प्रदेशमा ६ सय ८० जना संक्रमित संस्थागत आइसोलेसनमा छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय ३२, कर्णाली प्रदेशमा ३ सय ६८ र सुदूरपश्चिम प्रदेशमा ९ सय ४३ जना गरी १० हजार ६ सय ७१ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय १५, प्रदेश नम्बर २ मा ४ हजार ३ सय, बागमती प्रदेशमा २ हजार ५० र गण्डकी प्रदेशमा ४३ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ सय १८, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा १ सय २९ जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार ७ सय ४२ जना रहेका छन ।

आइसियुमा १ सय ४१ जनाको उपचार भइरहेको छ । यस्तै भेन्टिलेटरमा देशभरी १७ जनाको उपचार भइरहेको छ । आज डिस्चार्ज ९ सय १७ जना संक्रमित निको भएर घर फर्किएका छन । यस्तै प्रदेश नम्बर १ मा २ हजार १, प्रदेश नम्बर २ मा ६ हजार ४ सय ७१, बागमती प्रदेशमा १ हजार ५ सय ९९ र गण्डकी प्रदेशमा १ हजार ७ सय १७ जना संक्रमित डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार २ सय ७६, कर्णाली प्रदेशमा २ हजार ७ सय ३७ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ जना गरी आजसम्म २४ हजार २ सय ७ जना डिस्चार्ज भएका छन । आज क्वारेन्टिनमा ६ हजार ७ सय ४९ जना रहेका छन ।

Spread the love

Comment here