काठमाडौं उपत्यकाका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर कोरोना नियन्त्रणका लागि भए गरेका कामको अनुगमन गर्न संसदीय समिति गठनको माग गरेका छन । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाका उपत्यका लगायत देशभरीको जनजीवन प्रभावित बनेको भन्दै सांसदहरुले सभामुखलाई भेटेर छुट्टै संसदीय समिति गठनको माग गरेका हुन । अहिलेको अवस्थामा संसदमा रहेका समितिहरुको छुट्टा छुट्टै बैठक बसेर आवश्यक निर्णयहरु भएपनि प्रभावकारी नदेखिएकाले छुट्टै समिति गठनका लागि माग गरिएको सांसद भीमसेनदास प्रधानले बताउनुभयो । संसदमा १६ समिति भएपनि भूमिका प्रभावकारी नभएकाले सभामुखको नेतृत्वमा सरकारलाई राय सुझाव दिने र अनुगमन गर्ने सबैको प्रतिनिधित्व हुनेगरी संसदीय समिति बनाउनुपर्ने माग गरिएको उहाँले बताउनुभयो । सांसद राजेन्द्र श्रेष्ठले कोरोना महामारी संकटको सामना गर्न सर्वपक्षीय संयन्त्रको आवश्यता भएपनि सरकारले त्यतातिर ध्यान नदिएकाले संसदीय समितिको आवश्यकता देखिएको बताउनुभयो । भेटपछि सभामुख सापकोटाले सकारात्मक प्रतिकृया दिएको सांसद प्रधानले बताउनुभयो । ऐन, नियममा टेकेर सबै दलहरुको सहमतिमा संसदीय समिति निर्माण गर्ने प्रकृया अगाडी बढाउने प्रतिवद्धता सभामुख सापकोटाले गर्नुभएको उहाँले बताउनुभयो ।

काठमाडौं उपत्यकाका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर कोरोना नियन्त्रणका लागि भए गरेका कामको अनुगमन गर्न संसदीय समिति गठनको माग गरेका छन । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाका उपत्यका लगायत देशभरीको जनजीवन प्रभावित बनेको भन्दै सांसदहरुले सभामुखलाई भेटेर छुट्टै संसदीय समिति गठनको माग गरेका हुन । अहिलेको अवस्थामा संसदमा रहेका समितिहरुको छुट्टा छुट्टै बैठक बसेर आवश्यक निर्णयहरु भएपनि प्रभावकारी नदेखिएकाले छुट्टै समिति गठनका लागि माग गरिएको सांसद भीमसेनदास प्रधानले बताउनुभयो । संसदमा १६ समिति भएपनि भूमिका प्रभावकारी नभएकाले सभामुखको नेतृत्वमा सरकारलाई राय सुझाव दिने र अनुगमन गर्ने सबैको प्रतिनिधित्व हुनेगरी संसदीय समिति बनाउनुपर्ने माग गरिएको उहाँले बताउनुभयो ।

सांसद राजेन्द्र श्रेष्ठले कोरोना महामारी संकटको सामना गर्न सर्वपक्षीय संयन्त्रको आवश्यता भएपनि सरकारले त्यतातिर ध्यान नदिएकाले संसदीय समितिको आवश्यकता देखिएको बताउनुभयो । भेटपछि सभामुख सापकोटाले सकारात्मक प्रतिकृया दिएको सांसद प्रधानले बताउनुभयो । ऐन, नियममा टेकेर सबै दलहरुको सहमतिमा संसदीय समिति निर्माण गर्ने प्रकृया अगाडी बढाउने प्रतिवद्धता सभामुख सापकोटाले गर्नुभएको उहाँले बताउनुभयो ।

Spread the love