कोरोना भाइरसबाट आज थप ५ जनाको मृत्यु

कोरोना भाइरस (कोभिड—१९) बाट आज थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ४ जना महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङमा ४० वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै महोत्तरीमा ६५ वर्षिय, धनुषामा ४५ वर्षिय, काठमाडौंमा ७० वर्षिय र नवलपरासीमा ५५ वर्षिय पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ ।

आज नेपालमा कोरोना भाइरसका १ हजार ४ सय ५४ जना संक्रमित थपिएका छन । १० हजार ७ सय १ पीसीआर परीक्षण भएकोमा ४ सय ६३ महिला र ९ सय ९१ जना पुरुषमा संक्रमण देखिएको हो । काठमाडौंमा ६ सय २०, भक्तपुरमा ३८ र ललिपुरमा ३८ जनामा कोरोना संक्रमण देखिएको छ । आज देशभरी सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ जना रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ४ सय १९, प्रदेश नम्बर २ मा ४ सय १, बागमती प्रदेशमा ४ हजार ८ सय १० र गण्डकी प्रदेशमा ७ सय ६२ जना संक्रमित रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय २, कर्णाली प्रदेशमा २ सय ५३ र सुदूरपश्चिम प्रदेशमा ५ सय ४४ गरी देशभरी ८ हजार २ सय ९१ संस्थागत आइसोलेसनमा रहेका छन ।

यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ९ सय ३७, प्रदेश नम्बर २ मा २ हजार १ सय ४५, बागमती प्रदेशमा २ हजार ५ सय १ र गण्डकी प्रदेशमा १ सय संक्रमित होम आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ७८, कर्णाली प्रदेशमा ९० र सुदूरपश्चिम प्रदेशमा १ सय ८३ गरी देशभरी ६ हजार ६ सय ३४ संक्रमित होम आइसोलेसनमा रहेका छन । आज देशका विभिन्न अस्पतालका आइसियुमा १ सय ७० जना र भेन्टिलेटरमा २५ जना जना संक्रमित उपचाररत रहेका छन ।

आज ९ सय ७२ जना संक्रमित निको भएर घर फर्किएका छन । आजसम्म प्रदेश नम्बर १ मा ३ हजार ३ सय २४, प्रदेश नम्बर २ मा १० हजार २ सय ४२, बागमती प्रदेशमा ६ हजार ५ सय ३५ र गण्डकी प्रदेशमा २ हजार १ सय ४३ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार २ सय ४८, कर्णाली प्रदेशमा २ हजार ४ सय ७० र सुदूरपश्चिम प्रदेशमा ५ हजार ४ सय १० गरी देशभरी आजसम्म ३६ हजार ६ सय ७२ जना संक्रमित निको भएर घर फर्किएका छन ।

Spread the love