आज देशभरी १ हजार १ सय ७० जना कोरोना भाइरसका संक्रमित थपिए

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १० पुरुषजना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा एक महिला सहित ६ जना गरी उपत्यकाभित्र ८ जनाको मृत्यु भएको छ । काठमाडौंमा एकजना ६१ वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ७७, ६२, ७३, ८५ र ७० वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा ५५ र भक्तपुरमा ७३ वर्षिय पुरुष तथा रामेछापमा २३, मोरङमा ४० र ७० वर्षिय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको उहाँले बताउनुभयो । यस्तै गोरखामा ६३, नवलपरासीमा ६२, पर्सामा ५५ र कपिलवस्तुमा ४७ वर्षिया महिलाको मृत्यु छ । योसँगै नेपालमा आजसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ६० पुगेको छ ।

आज देशभरी १ हजार १ सय ७० जना कोरोना भाइरसका संक्रमित थपिएका छन । १० हजार ८ सय ७८ पीसीआर परीक्षण भएकोमा ३ सय ९९ महिला र ७ सय ७१ जना पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ४ सय ४०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जनामा संक्रमण देखिएको छ ।
आज देशभरी सक्रिय संक्रमितको संख्या १५ हजार ३ सय ९३ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ३ सय ३७, प्रदेश नम्बर २ मा ९ सय ३३, बागमती प्रदेशमा ४ हजार १ सय र गण्डकी प्रदेशमा ८ सय १४ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय ५२, कर्णाली प्रदेशमा २ सय ७८ र सुदूरपश्चिम प्रदेशमा ४ सय ४ जना गरी देशभरी संस्थागत आइसोलेसनमा ८ हजार १ सय १८ जना संक्रमित रहेका छन ।
यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार १ सय १७, प्रदेश नम्बर २ मा १ हजार ५४, बागमती प्रदेशमा ३ हजार ८ सय ७ र गण्डकी प्रदेशमा १ सय ८२ जना रहेका छन । यसैगरी प्रदेश नम्बर ५ मा ७ सय ७८, कर्णाली प्रदेशमा ९४ र सुदूरपश्चिम प्रदेशमा २ सय ४३ जना गरी देशभरी ७ हजार २ सय ७५ जना संक्रमित होम आइसोलेसनमा रहेका छन । आज आइसियुमा देशभरी १ सय ७९ र भेन्टिलेटरमा २९ जना संक्रमित उपचाररत रहेका छन ।
आज ८ सय ७९ जना संक्रमित मुक्त भएर डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ३ हजार ८ सय ८५, प्रदेश नम्बर २ मा ११ हजार ५६, बागमती प्रदेशमा ७ हजार ८ सय १९ र गण्डकी प्रदेशमा २ हजार २ सय ७० जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार ५ सय, कर्णाली प्रदेशमा २ हजार ५ सय २५ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ९ सय २१ जना गरी आजसम्म ३९ हजार ५ सय ७६ जना संक्रमित मुक्त भएका छन ।

Spread the love