व्यवसायीहरुले कोभिड १९का कारण केरुङ नाकामा एक हजार भन्दा बढी कन्टेनर रोकिएको भन्दै त्यसलाई नेपाल ल्याउन पहल गरिदिन सरकारसँग माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघमा आवद्ध व्यवसायीहरुले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट सहित मन्त्रालयका अधिकारीहरुलाई भेट गरी केरुङ नाकामा रोकिएर बसेका मालबस्तु सहितका कन्टेनर ल्याउने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् । महासंघका अध्यक्ष नरेश कटुवालले केरुङ नाकामा १० महिना देखि मालबस्तु रोकिएर बसेको भन्दै छिटोभन्दा छिटो कुटनीतिक पहल गरी नेपाल ल्याउने व्यवस्था मिलादिन मन्त्री भट्टसमक्ष माग गर्नुभयो ।
त्यस्तै लकडाउनका कारण लामो समय पसल बन्द गर्नुपर्ने अवस्था हुँदा व्यवसायीहरुसँग बैंकको ब्यजादर र घरभाडा तिर्न सक्ने क्षमता समेत नभएकाले समय थप गर्ने व्यवस्था मिलाइदिन समेत व्यवसायीहरुले माग गरेका छन् । त्यस्तै व्यवसायीहरुसँग मासिक भ्याट तथा राजश्व तिर्ने पैसा समेत नभएकाले तिर्ने समय अवधि थप गरिदिन अध्यक्ष कटुवालले माग गर्नुभयो ।

व्यवसायीहरुको भेटमा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले व्यवसायीहरुले राखेका माग जायज भएकाले मन्त्रालयले सम्बन्धित ठाउँहरुमा पहल गर्ने बताउनुभयो । पुनरकर्जा उपलब्ध गराउने विषयमा अर्थमन्त्रालयसँग कुरा गर्ने उहाँले बताउनुभयो । त्यस्तै केरुङ र तातो पानीमा देखिएको समस्या समाधानका लागि मन्त्रालयले कुटनीतिक पहल सुरु गरिसकेको समेत उहाँले बताउनुभयो ।
लकडाउनपछि व्यवसाय सञ्चालन गर्न चालु पूँजी समेत नभएकाले बिना धितो न्यूनतम पाँच प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन समेत व्यवसायीहरुले माग गरेका छन् । कोभिडको असर उद्योगमा मात्रै नभएर व्यापार व्यवसायमा समेत परेकाले पुनरकर्जाको सुविधा आफुहरुले समेत पाउनुपर्ने माग व्यवसायीहरुको छ ।



Latest posts by Business TV Nepal (see all)
- बिहिबार सुनको मूल्यमा गिरावट, तोलाको ५०० रुपौले घट्यो - February 25, 2021
- सरकारी कर्मचारीको सञ्चयकोषको भुक्तानी विद्युतीय माध्यमबाट - February 25, 2021
- प्रधानमन्त्री ओलीले गरे निर्माणाधिन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र धरहराको निरीक्षण - February 12, 2021
Comment here