आज नेपालमा १ हजार १ सय ७२ जना नया संक्रमित थपिए

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ६ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । झापामा ८६ वर्षिय, सिराहामा ५० वर्षि र काठमाडौंमा १६ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै ललितपुरमा ७४ वर्षिय, बर्दिमा ६५ र ३९ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंमा ६८ वर्षिय महिलाको पनि कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ३६ पुगेको छ ।

आज नेपालमा १ हजार १ सय ७२ जना नयाँ संक्रमित थपिएका छन । ९ हजार ४ सय ४९ पीसीआर परीक्षण भएकोमा ४ सय २६ महिला र ७ सय ४६ पुरुषमा संक्रमण देििखएको छ । काठमाडौंमा ४ सय ९२, भक्तपुरमा ९५ र ललितपुरमा ५० जनामा संक्रमण देखिएको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ जना रहेको छ । प्रदेश नम्बर १ मा ४१, प्रदेश नम्बर २ मा ८ सय ६३, बागमती प्रदेशमा ४ हजार ६ सय ५० र गण्डकी प्रदेशमा ६ सय ३६ जना संक्रमित संस्थागत आइसोलनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ३ सय ५९, कर्णाली प्रदेशमा २ सय ८९ र सुदूरपश्चिम प्रदेशमा ३ सय ९० गरी देशभरी संस्थागत आइसोलेसनमा ८ सय २ सय २८ जना संक्रमित रहेका छन ।

आज होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ५ सय २२, प्रदेश नम्बर २ मा ७ सय २५, बागमती प्रदेशमा ५ हजार ५ सय १६ र गण्डकी प्रदेशमा २ सय ८६ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ सय १७, कर्णाली प्रदेशमा २ सय २५ र १ सय ९५ जना गरी देशभरी ९ हजार १ सय ८६ जना संक्रमित होम आइसोलेसनमा रहेका छन । आइसियुमा २ सय २० र भेन्टिलेटरमा ४३ जना संक्रमित उपचाररत रहेका छन ।
आज १ हजार ८ सय ९३ जना डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ४ हजार ५ सय १६, प्रदेश नम्बर २ मा १२ हजार ७ सय ६०, बागमती प्रदेशमा १२ हजार ८ सय १२ र गण्डकी प्रदेशमा २ हजार ९ सय ४१ जना डिस्चार्ज भएका छन । यस्तै प्रदेश नम्बर ५ मा ७ हजार ७ सय ७५, कर्णाली प्रदेशमा २ हजार ७ सय ८२ र सुदूरपश्चम प्रदेशमा ६ हजार ३ सय ६८ गरी आजसम्म ४९ हजार ९ सय ५४ जना संक्रमित निको भएर घर फर्किएका छन ।

स्वास्थ्य मन्त्रालयको २५ हजार भन्दा बढी सक्रिय संक्रमितको संख्या पुगेमा लक डाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मन्त्रालय अन्तरगतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार भन्दा बढी संक्रमित भएमा लक डाउन गर्न सिफारिस गरेको हो । २५ हजार भन्दा बढी संक्रमित भएमा स्वास्थ्य पूर्वाधारको समस्या हुने भएकाले लक डाउनको सिफारिस गरिएको उहाँले बताउनुभयो । साथै स्वास्थ्य मापदण्ड पालना हुन नसक्ने खालका सबै सेवा र व्यवसाय कम्तिमा १ महिना नखोल्न सिफारिस गर्ने निर्णय भएको उहाँले बताउनुभयो । विभिन्न अस्पताल र प्रयोगशालाहरुले तोकिएभन्दा बढी शूल्क लिने गरेकामा स्वीकृति दिने निकायले कडाईका साथ अनुगमन गरी कारवाही गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

Spread the love