बेलायतबाट आउने यात्रुहरुलाई नेपाल प्रवेशमा रोक लगाउने नेपाल सरकारको निणर्य

नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निणर्य गरेको छ । मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूणर् यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निणर्य गरेको हो । यस्तै निर्देशक समितिले बेलायत बाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुदै नेपाल आउन समेत रोक लगाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले बेलायतमा नयाँ भाइरस देखिएको र भाइरस पहिलेको भन्दा बढी संक्रामक पाइएपछि बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निणर्य गरिएको बताउनुभयो ।

युरोपियन युनियनले बेलायतसँग सिधा उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाएको उहाँले बताउनुभयो । बैठकले पुस १ गते यता नेपाल आएकाहरुले अनिवार्य रुपमा ७ दिन क्वरेण्टाइन बसि जाँच गरेपछि मात्र घर गन्तब्य जान पनि अनुरोध गरेको छ । यस्तै आज नेपाल आउन ट्रान्जिटमा रहनुहुनेले अनिवार्य रुपमा १० दिन होटल क्वरेण्टाइन बसि परिक्षण गरेर मात्र घर जान पनि सरकारले अनुरोध गरेको छ ।

Spread the love