
बैशाख १५, काठमाडौं । जापानमा बसेका नेपालीलाई आफ्नो देशमा पैसा पठाउन नेपाल इन्भेष्टमेण्ट बैंक र डिजिटल वालेट बिच बिप्रेषण (रेमिट्यान्स) कारोवार गर्ने सम्झौता भएको छ ।
यो सम्झौतापछि जापानमा रहेका नेपालीहरुले डिजिटल वालेटको स्मल मोबाइल रेमिट्यान्स एप्स प्रयोगगरि नेपालमा सजिलै रकम पठाउन पाउनेछन् । यस मोबाइलको एप्स GooglePlaystore / Appstore बाट download गरि आफ्नो मोबाईलमा install गर्न सकिन्छ ।Smile Mobile Remittance मार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपाल स्थित कुनै पनि बैंकको खातामा तुरुन्त रकम जम्मा हुनेछ ।
Smile Mobile मार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्वी रेमिटका देशभर छरिएर रहेका १० हजार भन्द्या बढि भुक्तानी काउण्टरहरुबाट तुरुन्त प्राप्त गर्न सकिने बैंकले जनाएको छ । कोरोना जोखिमवाट सुरक्षित रहेर नेपालमा रकम पठाउन यो सुबिधा प्रयोग गर्न सबै नेपालीलाई बैंकले आग्रह गरेको छ ।

