पर्याप्त खाद्यान्न रहेको सरकारद्धारा स्पष्ट

 

बैशाख २१, काठमाडौँ । कोरोना महामारी र निषेधाज्ञाले समग्र आपूर्ति व्यवस्थामा असर नगरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

बजारमा दैनिक उपभोग्य वस्तुहरु दाल, चामल, घ्यू, तेल, गेडागुडी, मैदा, पिठो, चिनी, नुनलगायत खाद्यान्न पर्याप्त मात्रामा स्टक रहेकोले उपभोक्तालाई नआत्तिन पनि विभागले अनुरोध गरेको छ ।

निषेधाज्ञा जारी रहँदा खाद्यन्न तथा तरकारी बजारमा मानिसहरूको भीडभाड बढेसँगै विभागले सोमबार एक विज्ञप्ती जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

मास्क र स्यानिटाइजर पनि पर्याप्त मात्रामा स्टक रहेको विभागले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । खाद्यान्न सामग्रीका सम्बन्धमा कुनै किसिमको अफवाहको पछि नलाग्न र स्वास्थ्यका मापदण्ड पालना गरी सुरक्षित रहन विभागले अनुरोध गरेको छ ।

 

Spread the love