दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकममा भने सुधार

बैशाख २३, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार सेयर बजार घटेर राताम्मे देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ४७ अंकले घटेर २ हजार ६ सय ३७ दशमलव १३ अंकमा झरेको छ ।

नेप्से परिसूचक घटे पनि बुधबारको तुनामा बिहीबार सेयर कारोबार रकममा भने सुधार देखिएको छ । दिनभर भएका ८० हजार १४१ कारोबारबाट २१६ कम्पनीका १ करोड ५९ लाख ८० हजार ८१५ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम ६ अर्ब ८१ करोड ९१ हजार ४५३ रुपैयाँ पुगेको छ । बुधबार ६ अर्ब २१ करोड रुपैयाँको कारोबार भएको थियो ।

यी हुन् धेरै कमाउने र गुमाउने कम्पनीहरूः

Spread the love