अमलेखगञ्ज डिपोबाट साताको तिनदिन मात्रै इन्धन बितरण हुने

बैशाख, २६ काठमाडौं । नेपाल आयल निगमको प्रमुख इन्धन वितरण डिपो अमलेखगञ्जबाट साताको तीन दिन मात्रै इन्धन वितरण हुने भएको छ ।

एक सूचना जारी गर्दै कार्यालयले अबदेखि साताको तीन दिन आइतबार, बुधबार र शुक्रबार मात्रै इन्धन वितरण गरिने जानकारी दिएको हो । कर्मचारीको स्वस्थ्य अवस्था र स्थानीय प्रशासनको आग्रह बमोजिम सातामा तीन दिन मात्रै इन्धन वितरण गर्न निर्णय गरिएको कार्यालयले जनाएको छ ।

स्थानीय पम्प तथा निगमका डिपोहरुलाई पनि सोहीअनुसार इन्धन भर्ने व्यवस्था गर्न आग्रह गरिएको निगमका प्रादेशिक कार्यालय प्रमुख इन्जिनियर प्रदीपकुमार यादवले बताए ।

Spread the love