सोमवार यस्तो छ तरकारीको मुल्य

जेष्ठ ३, काठमाडौ ।सोमवार पनि  काठमाण्डौमा आलु (रातो) को  मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । आइतवार प्रती केजी ३६ रुपैया ५० पैसामा कारोवार भएको आलु (रातो) को मुल्य सोमवार पनि सोही मुल्यमा कारोवार भइरहेको छ । त्यसैगरी काउली (स्थानिय) को मुल्यमा पनि परिवर्तन आएको छैन । काउली (स्थानिय) प्रती केजी २५ रुपैया मा कारोवार भइरहेको छ ।

आइतवारको तुलनामा प्याज सुकेको (भारतिय) र प्याज (हरियो) दुबैको मुल्य मा परिवर्तन भएको छैन । प्याज सुकेको (भारतिय) प्रतिकेजी ३९ रुपैयामा कारोवार भइरहेको छ भने सोमवार प्याज (हरियो )को मुल्य  प्रतिकेजी ४५ रुपैयामा कारोवार भइरहेको छ ।

आइतवार प्रतीकेजी ३५ रुपैया ५० पैसामा कारोवार भएको गोलभेडा सानो(टनेल)सोमवार ९ रुपैया ५० पैसाले वृद्दि भएर प्रतिकेजी ४५ रुपैयामा कारोवार भइरहेको छ । गोलभेडा सानो(भारतीय)को मुल्यमा ५ रुपैयाले वृद्दि भएको छ। आइतवार प्रतिकेजी २२ रुपैया ५० पैसामा कारोवार भइरहेको गोलभेडा  सानो(भारतीय) सोमवार प्रतिकेजी २७ रुपैया ५० पैसामा कारोवार भइरहेको छ ।

आइतवार प्रतिकेजी ५५ रुपैयामा करोवार भएको लसुन हरियो सोमवार पनि सोही मुल्यमा कारोवार भइरहेको छ ।त्यसैगरी लसुन सुकेको नेपाली आइतवार प्रतिकेजी १सय १० रुपैयामा कारोवार भएको थियो भने सोमवार ५ रुपैयाले घटेर प्रतिकेजी १ सय ५ रुपैयामा कारोवार भइरहेको छ ।

Spread the love