शुक्रवार सुनको मुल्यमा ४ सयले गिरावट

जेष्ठ ७, काठमाडौँ । शुक्रवार सुनको मुल्यमा ४ सयले गिरावट आएको छ । विहीवार  प्रतितोला ९३ हजार ७ सयमा कारोवार भएको छापावाला सुनको मुल्य शुक्रवार प्रतितोला ९३ हजार ३ सयमा कारोवार भइरहेको छ । विहीवार  प्रतितोला ९३  हजार २ सयमा कारोवार भएको तेजावी सुनको मुल्य शुक्रवार ४ सयले गिरावट भएर प्रतितोला ९२ हजार ८ सयमा कारोवार भइरहेको छ ।

शुक्रवार चाँदीको मुल्यमा १० रुपैयाले गिरावट आएको छ । विहीवार प्रतितोला १ हजार ३ सय ६० रुपैयामा कारोवार भएको चाँदीको मुल्य शुक्रवार प्रतितोला १ हजार ३ सय ५० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love