गरिवी निवारण कोष खारेज

जेठ १५, काठमाडौं । सरकारले गरिबी निवारण कोष खारेज गरेको छ । आगामी आर्थिक बर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले गरिबी निवारण कोष खारेज गरिएको बताएका छन् ।

उनले कोष अन्र्तगत भएका संस्थालाई सहकारी बनाईने पनि बताएका हुन् । कोष मातहत रहेको १९ अर्ब रुपैयाको कोषर्ला सहकारी कै सुरुआती पुँजीमा रुपान्तरण गर्ने पनि उनले जानकारी दिए । उनले सरकारले सहकारी तथा गरिवी निवारणका लागि उद्यमशिलता कार्यक्रम लगायतका लागि आवश्यक बजेट विनियोजन गरेको बताए ।

गरिब परिचयपत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरु ल्याईने पनि उनले बताए । सहकारी र गरिबी निवारण कार्यक्रमका लागि ८ अर्ब २१ करोड रुपैया विनियोजन गरिएको छ ।

Spread the love