आइतवार सुनको मुल्यमा  २ सयले वृद्दि

जेष्ठ १६ , काठमाडौँ ।आइतवार सुनको मुल्यमा  २ सयले वृद्दि भएको छ । शुक्रवार प्रतितोला ९३ हजार ८ सयमा कारोवार भएको छापावाला सुनको मुल्य आइतवार प्रतितोला ९४ हजारमा कारोवार भइरहेको छ । शुक्रवार प्रतितोला ९३ हजार ३ सयमा कारोवार भएको तेजावी सुनको मुल्य आइतवार २ सयले वृद्दि भएर प्रतितोला ९३ हजार ५ सयमा कारोवार भइरहेको छ ।

आइतवार चाँदीको मुल्यमा ५ रुपैयाले वृद्दि भएको छ । शुक्रवार प्रतितोला १ हजार ३ सय ५० रुपैयामा कारोवार भएको चाँदीको मुल्य आइतवार  प्रतितोला १ हजार ३ सय ५५ रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love