विहीवार सुनको मुल्यमा ३ सयले गिरावट

जेष्ठ २७ , काठमाडौँ । विहीवार सुनको मुल्यमा ३ सयले गिरावट आएको छ । बुधवार प्रतितोला ९४ हजार २ सयमा कारोवार भएको छापावाला सुनको मुल्य विहीवार प्रतितोला ९३ हजार ९ सयमा कारोवार भइरहेको छ ।विहीवार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ४ सयमा कारोवार भइरहेको छ ।

विहीवार चाँदीको मुल्यमा ५ रुपैयाले वृद्दि भएको छ । बुधवार प्रतितोला १ हजार ३ सय ५० रुपैयामा कारोवार भएको चाँदीको मुल्य विहीवार प्रतितोला १ हजार ३ सय ५५ रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love