बिहिवार १६ अर्ब बढिको शेयर कारोवार

जेठ २७, काठमाडौं । बिहीवार २२० कम्पनीको १ लाख ५५ हजार ६९० पटकको व्यापारमा रू. १६ अर्ब १० करोड ४ लाख १२ हजार बराबरको शेयर कारोबार भएको छ ।

साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक २ हजार ९४४ दशमलव ७८ विन्दुमा बन्द भएको छ । आज नेप्से परिसूचक १ दशमलव ८० अंकले घटेको हो । २ हजार ९६८ दशमलव शून्य ९ विन्दुदेखि खुला भएको बजार २ हजार ९७० दशमलव ५५ विन्दुसम्म पुगेको थियो । यो दिन २ हजार ९२६ विन्दुसम्म झरेर बजार उकालो लागेको हो ।

नेप्से परिसूचक सामान्य अंकले घटेपनि ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने २ दशमलव ५९ अंक बढेर ५२७ दशमलव ८७ विन्दुमा पुगेको छ । कारोबार रकमको उच्चता भने यस दिन पनि कायमै रहेको छ ।

यो दिन हाइड्रो इलेक्ट्रिसिटि इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि शुक्रवार एक दिन बुक क्लोज गर्ने भएकाले पनि यो दिन कम्पनीले सर्वाधिक रकमको हिस्सा ओगटेको हो ।

बिहीवारसम्म शेयर कायम गरेका शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयरमा आवेदन गर्न पाउँने हुदाँ यस दिन कम्पनीको शेयरमा लगानीकर्ताहरुको उच्च आकर्षण देखिएको हो । सर्वाधिक कारोबार भएको दिन कम्पनीको शेयरमूल्य पनि ७ दशमलव ७२ प्रतिशत बढेर अन्तिम मूल्य रू. ५८६ पुगेको छ ।
साताको अन्तिम कारोबार दिनको बजारबाट जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यस दिन जलविद्युत् समूहको परिसूचक सर्वाधिक २ दशमलव ९९ प्रतिशत बढेको हो ।

त्यस्तै, विकास बैंकको २ दशमलव ६३ प्रतिशत, वित्तको २ दशमलव ५७ प्रतिशत, लगानीको १ दशमलव शून्य ८ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ७९ प्रतिशत र लघुवित्तको शून्य दशमलव १४ प्रतिशत परिसूचक बढेको छ । यस दिन पाँचथर पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३५ ले बढेर अन्तिम मूल्य रू. ३८५ पुगेको छ ।

पाँचथर पावरसहित एक दर्जन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यस दिन लिवर्टी ईनर्जी कम्पनीको ९ दशमलव ९७ प्रतिशत, शिवश्री हाइड्रोपावरको ९ दशमलव ९७ प्रतिशत, ङदी ग्रुपको ९ दशमलव ९३ प्रतिशत, माउण्टेन ईनर्जी नेपालको ९ दशमलव ९२ प्रतिशत, रिडी हाइड्रोपावरको ९ दशमलव ९० प्रतिशत, बरुण हाइड्रोपावरको ९ दशमलव ८७ प्रतिशत, सीईडीबी हाइड्रोपावरको ९ दशमलव ८५ प्रतिशत मूल्य बढेको छ ।

त्यसैगरी अरुणभ्याली हाइड्रोपावरको ९ दशमलव ८१ प्रतिशत, जोशी हाइड्रोपावरको ९ दशमलव ७३ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ९ दशमलव ६८ प्रतिशत, पोखरा फाइनान्सको ९ दशमलव ५५ प्रतिशत र अपि पावरको ९ दशमलव ४५ प्रतिशत शेयरमूल्य बढेको हो । अहिले शेयर बजारमा कारोवार स्थिर जस्तै छ ।

Spread the love

Comment here