नेपाल एयरलाइन्सले दुबई–काठमाडौं उडान गर्ने

असार १, काठमाडौं । नेपाल एयरलाइन्सले दुबई–काठमाडौं उडान गर्ने भएको छ । यो उडान एकतर्फी चार्टर हुनेछ ।

कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय उडान स्थगन भएपछि यूएईमा रोकिएका नेपालीहरुलाई लक्षित गरि नेपाल एयरलाइन्सले आगामी जुन २३ र ३० तारिक गरि हप्ताको दुई (दुबई–काठमाडौ) एकतर्फी उडान सुचारु गर्ने भएको हो ।

आज मंगलबारदेखि टिकट बिक्री समेत थालिएको नेपाल एयरलाइन्सले जनायो । नेपाल सरकारले कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछि घर जान नपाएका सयौं नेपालीहरु यूएईमै अड्किएका छन् ।

यी मध्ये कयौंको ओभरस्टे र भिजिटमा घुम्न आएका नेपालीहरुको जरिवाना समेत शुरु भइसकेको छ भने नेपालमा आफन्त गुमाएकाहरु बढी प्रभावित भएका छन् ।

 

Spread the love