कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

असार १, काठमाडौं । कर्णाली प्रदेश सभाले आर्थिक वर्ष २०७८÷ ०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । मंगलबार बसेको प्रदेश सभा बैठकले सरकारको कार्यक्रम बहुमतले पारित भएको सभामुख राजबहादुर शाहीले घोषणा गरेका हुन् ।

नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई आगामी बर्षको बजेट ल्याउने बाटो खुलेको छ । नीति तथा कार्यक्रम पारित भएपछि प्रदेश सभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ । कर्णाली प्रदेशमा माधब नेपालका सांसदहरुले प्रदेश सरकारलाई साथ दिंदै आएका छन् ।

Spread the love