विहीवार सुनको मुल्यमा १ हजार १ सयले गिरावट

असार ३, काठमाडौँ । विहीवार सुनको मुल्यमा १ हजार १ सयले गिरावट आएको छ  । बुधवार प्रतितोला ९३ हजार १ सयमा कारोवार भएको छापावाला सुनको मुल्य विहीवार प्रतितोला ९२ हजारमा कारोवार भइरहेको छ । विहीवार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ५ सयमा कारोवार भइरहेको छ ।

विहीवार चाँदीको मुल्यमा २० रुपैयाले गिरावट आएको छ   । बुधवार प्रतितोला १ हजार ३ सय ६० रुपैयामा कारोवार भएको चाँदीको मुल्य विहीवार प्रतितोला १ हजार ३ सय ४० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love