मेलम्ची र हेलम्बुका बाढीपीडितलाई सरकारको सहयोग

असार ४, काठमाडौँ । सिन्धुपाल्चोक स्थित मेलम्ची र हेलम्बुका बाढीपीडितलाई सरकारले सहयोग गरेको छ । सरकारले बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर र ग्यास चुलो सहयोग दिएको हो । नेपाल आयल निगमले पीडितलाई एक–एक थान ग्यास सिलिन्डर र चुलो सहयोग गरेको जानकारी दिएको छ । सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको अनुरोधमा सहयोग गरेको निगमले जानकारी दिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं नेपाल आयल निगम सञ्‍चालक समितिका अध्यक्ष दिनेश भट्टराई, निगमका पदाधिकारी र ट्रेड युनियनका पदाधिकारीहरूले राहत हस्तान्तरण गरेका थिए । निगमले एक–एक थान सिलिन्डर, ३० वटा चुलो र केही खाद्यान्न सामग्री सहयोग गरेको जानकारी दिएको छ । गत मंगलबारको बाढीले मेलम्ची र हेलम्बुका बासिन्दाको बिजोग भएको छ । त्यहाँ ठुलो जनधनको क्षति भएको छ । अझै केहि व्यक्ति बेपत्ता छन् ।

Spread the love