आइतवार यस्तो छ तरकारीको मुल्य

असार ६, काठमाडौ ।आइतवार काठमाण्डौमा आलु रातो(भारतिय) को  मुल्यमा २ रुपैयाले वृद्दि भएको छ । शनिवार प्रतिकेजी २९ रुपैयामा कारोवार भएको आलु रातो (भारतिय)को मुल्य आइतवार प्रतिकेजी ३१ रुपैयामा कारोवार भइरहेको छ । आइतवार काउली (स्थानिय)को मुल्य ५ रुपैयाले गिरावट आएको छ । शनिवार प्रतिकेजी ७० रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य आइतवार प्रतिकेजी ६५ रुपैयामा कारोवार भइरहेको छ ।

आइतवार प्याज सुकेको (भारतिय)को  मुल्यमा ३ रुपैया ५० पैसाले वृद्दि भएको छ । शनिवार  प्रतिकेजी ४९ रुपैयामा कारोवार भएको प्याज सुकेको (भारतिय) आइतवार प्रतिकेजी ५२ रुपैया ५० पैसामा कारोवार भइरहेको छ।

शनिवारको तुलनामा आइतवार गोलभेडा सानो(टनेल)को मुल्यमा १० रुपैयाले वृद्दि भएको छ । शनिवार  प्रतिकेजी ५२ रुपैया ५० पैसामा कारोवार भएको  गोलभेडा सानो(टनेल) आइतवार प्रतिकेजी ६२ रुपैया ५० पैसामा कारोवार भइरहेको छ ।आइतवार सानो गोलभेडा(लोकल्) को मुल्यमा १७ रुपैया ५० पैसाले वृद्दि भएको छ । शनिवार प्रतिकेजी २५ रुपैयामा कारोवार भएको सानो गोलभेडा(लोकल्) को मुल्य आइतवार प्रतिकेजी ४२ रुपैया ५० पैसामा कारोवार भइरहेको छ।

Spread the love