मङ्गलवार शेयर बजार परिसुचक नेप्से ७९ दशमलव ४४ अंकले वृद्दि

असार ८,काठमाण्डौ । शेयर बजार परिसुचक नेप्से मङ्गलवार ७९ दशमलव ४४ अंक बढेर २ हजार ९१३ दशमलव ८४  पुगेको छ । त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १६ दशमलव १९ अंक घटेर ५३६ दशमलव ३४ पुगेको छ ।

मङ्गलवार बैंकिङ्गको क्षेत्रमा २ दशमलव ३३ प्रतिशत, जलविद्युतको क्षेत्रमा ५ दशमलव ४७ प्रतिशत,होटल्स तथा पर्यटनको क्षेत्रमा ३ दशमलव १३ प्रतिशत,जीवन बीमाको क्षेत्रमा २ दशमलव २२ प्रतिशत र म्युुचुअल फण्डको क्षेत्रमा १ दशमलव ३७ प्रतिशत परिसूचक बढेको हो ।मङ्गलवार रू. १० अर्ब २८ करोड ६२ लाख ६९ हजार बराबरको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २२५ ओटा कम्पनीको १ लाख १२ हजार ५० पटकको व्यापारमा भएको छ ।

मंगलवार पाँच ओटा जलविद्युत् कम्पनीसहित छ ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । अपि पावर कम्पनी, ङादी ग्रुप पावर, बरुण हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी, पञ्चकन्यामाई हाइड्रोपावर र जानकी फाइनान्सको शेयरमूल्य मंगलवार १० प्रतिशतले बढेको हो । मंगलवार पनि सर्वाधिक रकमको कारोबारमा सर्वाधिक हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ ।  कम्पनीको रू. १ अर्ब ४९ करोड २४ लाख ३५ हजार बराबरको शेयर कारोबार भएको छ ।

Spread the love