नेप्से परिसुचक ३ हजार माथिको विन्दुमा, शेयर कारोवार ११ अर्ब ११ करोड

साउन ७, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से ३ हजार ४ दशमलव ३१ विन्दुमा पुगेर बन्द भएको छ । यो दिन अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक १८ दशमलव ७५ अंकले अर्थात शून्य दशमलव ६३ प्रतिशतले बढेको हो ।

२ हजार ९९० दशमलव ९० विन्दुदेखि खुलेको बिहीवारको बजार ३ हजार १८ विन्दुुसम्म पुगेको थियो भने १९८७ दशमलव ८७ विन्दुसम्म झरेको थियो ।

नेप्सेका अनुसार यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ४.०६ अंकले बढेर ५६२ दशमलभ २४ विन्दुमा पुगेको छ ।
आज बैंकिङ्ग हाइड्रोपावर, फाइनान्स, निर्जीवन बीमा र म्युचुअल फण्ड समूहहरु चम्किदा समग्र नेप्सेमै सकारात्मक प्रभाव पर्न गएको हो ।

यस दिन कुल २२२ कम्पनीका ५ करोड ५९ लाख कित्ता माथिको सेयर १ लाख १४ हजार पटक माथि किनबेच हुँदा अधिकतम ११ अर्ब ११ करोड ४१ लाख माथिको कारोबार भएको छ ।

जबकी गत मंगलबार सेयर बजार परिसूचक ९.०१ अंकले घटेर २ हजार ९८५.५७ विन्दुमा झर्दा ७ अर्ब ८९ करोड ७५ लाखको मात्र कारोबार भएको थियो ।

यस दिन सेन्सेटिभ इन्डेक्स भने ४ दशमलव शून्य ६ अंकले बढेर ५६२ दशमलव २४ विन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ७३ प्रतिशत बढेको हो ।यस दिन २२२ ओटा कम्पनीको १ लाख १४ हजार ७७२ पटकको व्यापारमा रू. ११ अर्ब ११ करोड ४१ लाख २१ हजार बराबरको ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर कारोबार भएको छ ।

कुल कारोबार रकममा सर्वाधिक हिस्सा भने कृषि विकास बैंकले ओगटेको छ । यस दिन उक्त बैंकको रू. ४६ करोड २७ लाख ६४ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको बैंकको शेयरमूल्य यस दिन प्रतिकित्ता रू. ४३ ले बढेर अन्तिम मूल्य रू. ५८८ कायम भएको छ । यस दिन बैंकको शेयरमूल्य ७ दशमलव ८९ प्रतिशत वृद्धि भएको हो ।

बिहीवार म्युचुअल फण्ड समूहको परिसूचक सर्वाधिक ५ दशमलव २७ प्रतिशत बढेको छ भने व्यापारिक समूहको सर्वाधिक २ दशमलव शून्य २ प्रतिशतले घटेको छ । यस दिन म्यचुअल फण्डसँगै बैंकिङ्ग समूहको १ दशमलव ७२ प्रतिशत, वित्तको १ दशमलव ५४ प्रतिशत, जलविद्युतको शून्य दशमलव ८३ प्रतिशत र निर्जीवन बीमाको शून्य दशमलव २७ प्रतिशत परिसूचक बढेको छ ।

त्यस्तै यो दिन व्यापारिक समूहसँगै होटल्स तथा पर्यटन समूहको शून्य दशमलव ४२ प्रतिशत, विकास बैंकको शून्य दशमलव ३१ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ३४ प्रतिशत, अन्यको शून्य दशमलव ५३ प्रतिशत, लघुवित्तको शून्य दशमलव २३ प्रतिशत, जीवन बीमाको शून्य दशमलव २२ प्रतिशत र लगानी समूहको शून्य दशमलव २८ प्रतिशत परिसूचक घटेको छ ।

बिहीवार लक्ष्मी उन्नती कोषको १० दशमलव शून्य ४ प्रतिशत, सिईडिबि हाइड्रोपावरको १० प्रतिशत, ङादी ग्रुप पावरको १० प्रतिशत र माउण्टेन हाइड्रो नेपालको १० प्रतिशत शेयरमूल्य बढेको हो ।

बिहीवारको कारोबारमा हिमालयन पावर पार्टनरको शेयरमूल्य सर्वाधिक ४ दशमलव शून्य ७ प्रतिशतले घटेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २२ ले घटेर अन्तिम मूल्य रू. ५१८ मा झरेको हो ।

त्यसैगरि, पोखरा फाइनान्सको शेयरमूल्य ९ दशमलव ९५ प्रतिशत, लक्ष्मी इक्वीटी फण्डको इकाईमूल्य ९ दशमलव ५३ प्रतिशत र ग्लोबल आइएमई समुन्नत स्किम–१ को इकाईमूल्य ९ दशमलव ५० प्रतिशत बढेको छ ।

 

 

Spread the love