नेप्से परिसुचक ० दशमलब ४९ प्रतिशतले घट्यो, १० अर्ब ९० करोडको शेयर कारोवार

साउन १४, काठमाडौं । बिहीवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १५ दशमलव १३ अंक अर्थात् शून्य दशमलव ४९ प्रतिशतले घटेको छ । साताको अन्तिम कारोबार दिन बिहिवार नेप्से परिसुचक घट्न पुगेको हो ।

परिसूचक ३ हजार ७९ दशमलव ८२ विन्दु कायम भएको हो । यस अवधिमा कारोबारमा आएका २१७ ओटा कम्पनीको २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयरको १ लाख ६ हजार ६८२ पटकमा १० अर्ब ९० करोड रुपैयाँ बरावरको शेयर खरीदविक्री भएको छ ।

लगानी समूहको परिसूचक १ दशमलव १९ प्रतिशत, बैंकिङ समूहको परिसूचक शून्य दशमलव ४९ प्रतिशत, व्यापार समूहको परिसूचक शून्य दशमलव ११ प्रतिशत, हाइड्रोपावर समूहको परिसूचक शून्य दशमलव ८८ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ४६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशमलव ८ प्रतिशत, अन्य समूहको शून्य दशमलव ५८ प्रतिशत, माइक्रोफाइनान्स समूहको शून्य दशमलव शून्य ९ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ४७ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव १४ प्रतिशतले घटेको हो ।

कारोबारमा आएका २१७ ओटा कम्पनीमध्ये सबैभन्दा बढी रिडी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९५ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७२९ रुपैयाँ पुगेको हो ।

त्यसैगरी, दोस्रोमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता . ९८९ दशमलव १० रुपैयाँ पुगेको हो । कम्पनीको शेयर बिहीवारदेखि दोस्रो बजारमा कारोबारमा आएको हो ।

सर्वाधिक शेयर खरीदविक्री गुडवील फाइनान्स कम्पनीको ३३ करोड ९२ लाख ५६ हजार रुपैयाँ बराबरको शेयर खरीदविक्री भएको हो । साथै कम्पनीको शेयरमूल्य पनि सबैभन्दा बढी ७ दशमलव ३३ प्रतिशतले कमी आएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७९७ रुपैयाँ कायम भएको हो ।

दोस्रोमा माउण्टेन हाइड्रो नेपालको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव १७ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५५४ रुपैयाँ कायम भएको हो ।

कारोबारमा आएका १३ ओटा समूहमध्ये होटल एण्ड टुरिजम समूहको परिसूचक १ दशमलव १७ प्रतिशत र विकास बैंक समूहको परिसूचक १ दशमलव १ प्रतिशतले वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको हो ।

सबैभन्दा बढी वित्त समूहको परिसूचक १ दशमलव ९६ प्रतिशतले घटेको छ । केही दिन अगाडि फाइनान्स कम्पनीको शेयरमूल्य वृद्धि हुँदै आएको थियो पुनः लगानीकर्ताले प्रोफिट बुक गरेकाले उक्त समूहको परिसूचकमा गिरावट आएको हो ।

 

 

 

Spread the love