सुनको मुल्यमा गिरावट ,चाँदीको मुल्य स्थिर

साउन १८,काठमाण्डौ । सोमवार  सुनको मुल्यमा १ सयले गिरावट आएको छ । आइतवार प्रतितोला ९२ हजार ४ सयमा कारोवार भएको सुनको मुल्य सोमवार प्रतितोला ९२ हजार ३ सयमा कारोवार भइरहेको छ । सोमवार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ८ सयमा कारोवार भइरहेको छ ।

सोमवार चाँदीको मुल्यमा कुनै पनि परिवर्तन आएको छैन  । आइतवार प्रतितोला १ हजार २ सय ८५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य सोमवार पनि प्रतितोला १ हजार २ सय ८५ रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love

Comment here