भेरोसेल खोपको दोस्रो मात्रा यही साउन २२ गते बाट  सञ्चालन

साउन २०,काठमाण्डौ । सरकारले  कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा यही साउन २२ गते बाट  सञ्चालन गर्ने भएको छ ।

असार २१ गते देखी सन्चालन भएको पहिलो चरणको खोप पुरा भएका  ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई उक्त खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ ।

खोप लगाउन बाकी रहेका सबै व्यक्तिहरुलाइ मन्त्रालयले मन्त्रालयको वेबसाइटमा गएर दर्ता गर्नसमेत आग्रह गरेको छ । आफूलाई पायक पर्ने काठमाडौं जिल्लाका ४२ ओटा खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरिएको छ । काठमाडौं महानगरपालिकामा ३२ वडा र अन्य नगरपालिकाका १० खोप केन्द्र रहेका छन् ।

 

 

Spread the love