मंगलवार सुनको मुल्यमा ३ सयले वृद्धि

असोज ५,काठमाडौ । मंगलवार  सुनको मुल्यमा ३ सयले वृद्धि भएको छ । सोमबार प्रतितोला ८८ हजार ९ सयमा कारोवार भएको सुनको मुल्य मंगलवार प्रतितोला ८९  हजार २ सयमा कारोवार भइरहेको छ । मंगलवार  तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोवार भइरहेको छ ।

मंगलवार चाँदीको मुल्यमा ५ रुपैयाले वृद्धि भएको छ । सोमबार  प्रतितोला १ हजार १ सय ३५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य  मंगलवार प्रतितोला १ हजार १ सय ४० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

Spread the love