रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सोमबार देखि ८ लाख ४० हजार कित्ता आइपिओ निष्कासन गरेको छ। छिटोमा जेठ ३ गतेसम्म र ढिलोमा जेठ २९ गतेसम्म बिक्री खुला गर्ने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ।
आवेदकले न्युनतम ५० कित्ता र अधिकतम ४२ सय कित्तासम्मको लागि आवेदन दिन पाउने छन् । प्रति साधारण शेयर १०० रुपैयाँको दरमा ८ लाख ४० हजार कित्तामध्ये कर्मचारीहरुको लागि ३३ हजार ६ सय र ४२ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाकी ७ लाख ६४ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।
कम्पनीले जम्मा पूजीको २५ प्रतिशत सार्वजनिक रुपमा शेयर निष्काशन गरेर जुटाउने छ। जसमध्ये १० प्रतिशत यस स्थानीय प्रभावित क्षेत्रमा निष्कासन गरिसकेको छ। कम्पनीको जारी पूजी ५६ करोड रुपैया रहेको छ। जसमध्ये संस्थापक शेयर धनीको तर्फबाट हालको चुक्ता पूजी ४२ करोड रुपैयाँ रहेको छ।
सार्वजनिक शेयर निष्कासन पछि कम्पनीको चुक्ता पूजी ५६ करोड रुपैयाँ पुग्ने छ। कम्पनीको पूजी संरचना संस्थापक शेयरधनीको ७५ प्रतिशत, प्रभावित क्षेत्रका शेयरधनीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत रहेको छ।
यो प्रस्ताव आह्वान गर्दासम्म कम्पनीले निर्माण गरेको आयोजनाको काम ९० प्रतिशत सकिसकेको र आगामी जेठ १ गतेदेखि व्यावसायिक उत्पादन सुरु गर्ने कम्पनीले जनाएको छ। आयोजनाको जम्मा लागत एक अर्ब ६० करोड रुपैयाँ रहेको छ। ९ ९ मेगावट क्षमताको उक्त आयोजनाको प्रतिमेगावाट लागत १६ करोड १६ लाख रुपैयाँ रहेको छ।
आवेदकले धितोपत्र बोर्डबाट आस्वा सुविधाको अनुमति लिएका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउने एनआइविएल एस क्यापिटलले जनाएको छ।



Latest posts by Business TV Nepal (see all)
- बिहिबार सुनको मूल्यमा गिरावट, तोलाको ५०० रुपौले घट्यो - February 25, 2021
- सरकारी कर्मचारीको सञ्चयकोषको भुक्तानी विद्युतीय माध्यमबाट - February 25, 2021
- प्रधानमन्त्री ओलीले गरे निर्माणाधिन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र धरहराको निरीक्षण - February 12, 2021
Comment here