वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध कुमार गुप्ताले पछिल्लो समय खाने तेलको मूल्य बढेको भएपनि चामलको मूल्य नबढेको बताउनु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गुप्ताले खाने तेलको मूल्य बढेको भएपनि चामलको मूल्य नबढेको बताउनु भएको हो । उहाँले चामलको मूल्य एक महिना अगाडि जुन मूल्य थियो अहिले पनि त्यही मूल्य रहेको बताउनु भयो । कुनै व्यवसायीले चामलको मूल्य बढाएर बेचेको भए सरकारलाई तत्काल अनुगमन गर्न आग्रह गर्नु भयो । अध्यक्ष गुप्ताले नेपालमा अहिलेसम्म एउटा पनि तेल उद्योग नभएको बताउनु भयो । उहाँले भएका केही तोरीको तेल उद्योग समेत बाहिरबाट अन्य तेल आयात गरेर बेच्ने गरेको दाबी गर्नु भयो । तेल पनि विदेशबाट नै आयात गर्नु पर्ने अवस्था भएकाले मूल्य वृद्धिको मार खेप्नु परेको बताउनु भयो ।
त्यस्तै अध्यक्ष गुप्ताले चुनाव नजिदै जाँदा राजनीतिक दल र अन्य संगठनले चन्दा माग्न थालेको बताउनु भयो । उहाँले चन्दा माग्ने र डर देखाउने क्रम बढेकाले सरकारले आगामी दिनमा औद्योगिक सुरक्षाबल बढाउन माग गर्नु भयो। सरकारले अघि उद्योगीलाई थाहै नदिई सुरक्षाबल हटाएको भन्दै अध्यक्ष गुप्ताले यसलाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।
त्यस्तै अध्यक्ष गुप्ताले नेपाल राष्ट्र बैंकको बस्तु आयातमा लागु गरेको सतप्रतिशत मार्जिनको व्यवस्थाले व्यवसायीहरुले आयात घटाएको बताउनु भयो । उहाँले अहिले रुस र युक्रेनको युद्धको कारण समेत व्यवसायी थप समस्यामा परेको बताउनु भयो । अध्यक्ष गुप्ताले सतप्रतिशत मार्जिनको व्यवस्था लागु गरेर सरकारले आयातलाई निरुत्साहित गर्न खोजेको आरोप लगाउनु भयो ।