नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनको आचार संहिता विपरीत भवन उद्घाटन गर्न लागिएको छ । संघको निर्वाचन चैत्र २९ गते हुदैछ । सो निर्वाचनका लागि आज आइतबार उम्मेदवार मनोनयन समत भईसकेको छ ।
निर्वाचनको उम्मेदवार मनोनयन दर्ता भईसकेपछि मतदातालाई प्रभावित पार्न संघका अध्यक्ष राजेन्द्र भण्डारी आचार संहिता विपरीत कार्य गर्न लागेका छन् । चैत्र २५ गते वैदेशिक रोजगार व्यवसायी संघको भवन उद्धघाटन गर्न श्रम मन्त्रीलाई आमन्त्रण गरिएको संघले बताएको छ ।
अर्कोतर्फ लोकतान्त्रिक एशोसिएसन गणतान्त्रिक मञ्च, वैदेशिक रोजगार व्यवसायी एकता समाज लगाएतका संघ संस्थाले निर्वाचन आचार संहित विपरीत कार्य रोक्न आग्रह गरेका छन् ।
निर्वाचन आचार संहिता विपरीत कार्य नहुने वैदेशिक रोजगार व्यवसायी एकता समाजका अध्यक्ष हरि पाण्डेले बताए ।
