उपत्यकामा भोलीदेखि सार्बजनिक बस संचालन हुने

असार १४, काठमाडौं । भोली मंगलबारदेखि काठमाडौँ उपत्यका भित्र सार्बजनिक सवारी संचालनमा आउने भएका छन् । उपत्यकामा भोलीदेखि नै धेरै भन्दा धेरै निषेधाज्ञा खुकुलो हुने भएको छ ।

तर निषेधाज्ञा भने पुरै हटिसक्ने छैन । आज सोमबार बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा एक साता थपेको छ ।

अबको निषेधाज्ञामा काठमाडौं उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस पनि चल्न दिने निर्णय गरेको छ । तर सार्वजनिक यातायात पनि निजी यातायातमा जस्तै जोरविजोर लागु हुने भएको छ ।

बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म चलाउन पाइने सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा स्यानिटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी कायम हुनुपर्ने छ ।

गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिइएको थिएन । निजी सवारीसाधनसमेत जोरविजोरमा अघिल्लो सातादेखि सञ्चालनमा आएको थियो । सार्बजनिक सवारी नचल्दा सर्बसाधारण मर्कामा परेका थिए ।

 

 

Spread the love